०७ असार २०८३, आइतबार

प्रचण्ड–देउवा गठबन्धनप्रति ओलीको कटाक्ष, ‘जुवाले थाम्नेवाला छैन’

कात्तिक २०, २०७४
प्रचण्ड–देउवा गठबन्धनप्रति ओलीको कटाक्ष, ‘जुवाले थाम्नेवाला छैन’
चितवन २८ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनप्रति कटाक्षर्दै अव जुवाले नथाम्ने टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधनगर्दै अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रलाई अरुले नै नारिदिएको टिप्पणी गरेका हुन् । ‘आज दुईवटा सरकारी पार्टीका नेताहरु एउटै जुवामा नारिएर आउनु भएको छ, एउटै जुवामा कसले नारो त्यो तपाइलाई थाहा छ’ ओलीले भने, ‘अब जुवाले थाम्ने वाला छैन ।’

माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार बनेकी प्रचण्ड पुत्री रेणु दाहललाई जिताउन आयोजित सभालाई सम्बोधन गर्न प्रचण्ड र काग्रेस सभापति शेरबहादुर देउवा एउटै विमानमा चितवन गएका थिए ।
सत्तागठबन्धनका दलप्रति आक्रामक भएका ओलीले विदेशीका अघिल्तिर लम्पसार पर्दा घुडामा घाउँलागेको आरोप लगाए ।

ओलीले माओवादी त्रासदी भोगेका कांग्रेसका कार्यकर्ताको संख्या चितवनमा ठूलो भएको भन्दै कांग्रेस कार्यकर्तालाई झोक्राएर नबस्न आग्रह गरे ।

ओलीले ठूलो मतअन्तरले चुनाव जित्न पार्टीका उम्मेदवारलाई सुझाव दिए । आइतवार हुने पहिलो चरणको स्थानीय चुनावका लागि प्रचार प्रसार गर्ने अन्तिम दिन प्रमुख तीन दलका नेताले भरतपुर महानगरपालिकामा सम्बोधन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्