१२ असार २०८३, शुक्रबार

सगरमाथा चढ्ने पहिलो साउदी अरबी महिला रहा अचेल के गर्दैछिन् ?

कात्तिक २०, २०७४
सगरमाथा चढ्ने पहिलो साउदी अरबी महिला रहा अचेल के गर्दैछिन् ?

काठमाडौं, २८ वैशाख — रहा मोहर्रकले संसारका अग्ला चुचुराहरू चढिसकेकी छन् । चार वर्षअघि सगरमाथा चढ्ने पहिलो साउदी महिला बनिन् उनी ।


अब चाहिँ उनी अर्को बाधामा ध्यान दिँदैछिन् । साउदी महिलालाई खेलकुदमा लाग्नबाट रोक्नका लागि जिम्मेवार कानून परिवर्तन गर्ने अभियानमा छिन् ।

उनले ह्युमन राइट्स वाचसँग सहकार्य गर्दै यसबारेमा सचेतना फैलाउने, विद्यालयहरूमा बोल्ने र साउदी अरबमा पुरुषहरूको फोरममा बोल्ने काम समेत गरिरहेकी छन् ।

खेलकुदमा लाग्नुका पछाडि उनले स्वास्थ्यलाई जोड दिएकी छन् । व्यायामको कमीले गर्दा मोटोपना, डिप्रेसन, मधुमेह, कमजोर हड्डी, भिटामिनको कमी तथा अन्य समस्या देखिन्छन् ।

‘खेलकुद भनेको पुरुषका लागि मात्र हो अनि खेलकुद भनेको फूटबल र मेडल र जीत मात्र हो भन्ने मानसिकतामा म परिवर्तन गर्न चाहन्छु,’ उनले भनिन् ।

‘तर यसो होइन । कुन चाहिँ बुवाआमाले आफ्नो बच्चा स्वस्थ हुर्कियोस् भन्ने चाहँदैन र ?’

धेरै साउदी महिलाहरूलाई सार्वजनिक स्थानमा खेलकुदका लागि अनुमति नदिइएकाले स्वास्थ्य समस्या झेल्न बाध्य छन् । खेलकुदको रमाइलोमा महिलाले भाग लिइरहनु जरूरी छैन भन्ने मान्यता छ र केही खेलका युनिफर्म पनि चुनौतीपूर्ण छन् ।

अझ साउदीका विद्यालयमा पनि लैंगिक विभेद छ । बच्चीहरूलाई माध्यमिक तह पुग्नुअघि नै शारीरिक शिक्षा दिन रोकिन्छ । एक निश्चित उमेरपछि केटाहरूलाई मात्र विद्यालयमा व्यायाम गर्न पाउँछन् ।

मोहर्ररको आफ्नो यात्रा पनि चुनौतीपूर्ण थियो ।

उनले हिमाल चढ्नका लागि बुवालाई फकाएकी थिइन् । सगरमाथा चढ्नुभन्दा गाह्रो काम थियो यो । अनि पर्वतारोहणका लागि उनले साउदी अरबबाहिर गएर अभ्यास गरेकी थिइन् ।

पछि चाहिँ उनका बुवाले माने र पैसा पनि दिन थाले । तैपनि अन्य महिलाका लागि खेलकुदमा लाग्नु सहज छैन ।

साउदीमा महिलालाई अध्ययन, भ्रमण, काम र विवाह पनि पुरुषको अनुमतिविना गर्न गाह्रो छ ।

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्