१९ असार २०८३, शुक्रबार

चुनावको मुखमा कांग्रेसका सभापति एमालेमा प्रवेश !

कात्तिक २०, २०७४
चुनावको मुखमा कांग्रेसका सभापति एमालेमा प्रवेश !

डडेल्धुरा, २८ वैशाख– चुनावको मिति नजिकिँदै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसभित्र किचलो बढेको छ ।

पार्टी सभापति देउवाले हस्तक्षेप गरेको भन्दै कांग्रेसको परशुराम नगरपालिका कमिटीका अध्यक्ष तारीसिंह बोहरा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार जोगबुढामा आयोजित कार्यक्रममा एमालेका पोलिब्यूरो सदस्य वेदराम भुषालले बोहरालाई एमालेमा स्वगत गरे । बोहरा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

सभापति देउवाले व्यापारी तथा भित्री मधेस क्षेत्रमा हुने काठ कटानीमा संलग्न रहेको आरोप लागेका भीमबहादुर साउँदलाई परशुराम नगरका लागि मेयरको टिकट दिएपछि बोहरा असन्तुष्ट भएका थिए ।

यसअघि २०७० चुनावमा पनि बोहराले देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । त्यतिबेला देउवाले बोहरालाई समाुनपातिक सभाषद बनाउने भन्दै मनाएका थिए । यद्यपी बोहराको ठाउँमा देउवा पत्नी आरजु देउवा (राणा) सभाषद बनिन् ।

salt training

कमेन्ट गर्नुहोस्