२१ जेठ २०८३, बिहीबार

धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै दाहसंस्कार गर्न अनुमति

कात्तिक १५, २०७७
धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै दाहसंस्कार गर्न अनुमति

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै दाहसंस्कार गर्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिवार बिहान भएको सरोकारवालाको छलफलपछि मुस्लिम समुदायलाई कब्रस्तानमा दाहसंस्कार गर्न अनुमति दिइएको हो ।

प्रशासनका अधिकारीसँगै मुस्लिम अगुवा, स्थानीय वासिन्दा र जनप्रतिनिधिबीचको सल्लाहपछि अनुमति दिइएको हो ।

स्थानीय प्रशासनले शवको अन्तिम संस्कार गर्न दिने अनुमति दिएसँगै २ दिनदेखि घरमै रहेको शवको अन्तिम संस्कार हुने भएको छ । शुक्रवार बिहान मृत्यु भएर घरमै राखिएका पुरुषको शव कब्रस्तानमै अन्तिम संस्कार गर्न लागिरहेको धनगढी उपमहानगरपालिका–१ स्थित नेपाली नूरी जामा मस्कितका कार्यबाहक अध्यक्ष महोमद यामिनले जानकारी दिए । 

धनगढी उपमहानगरपालिका–१ वडा कार्यालयले कब्रस्तान नै सिल गरेपछि २ दिनदेखि १ जना मृतकको अन्तिम संस्कार हुन सकेको थिएन । 

शुक्रवार बिहान दुवै मिर्गौला फेल भएर धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय मोहम्मद जमसेदको मृत्यु भएको थियो । तर शवको कब्रस्तानमा दाहसंस्कार गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रवार बिहानदेखि शनिवार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका थिए । 

अब शवको दाह संस्कारको काम अगाडि बढेको छ । मुस्लिम धर्म अनुसार उनको दाह संस्कारको तयारी भइरहेको परिवारजनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्