०६ असार २०८३, शनिबार

स्याउलेबाट साढे २ लाख नगदसहित २९ जुवाडे पक्राउ

कात्तिक १५, २०७७
स्याउलेबाट साढे २ लाख नगदसहित २९ जुवाडे पक्राउ

कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउलेबजारस्थित १ व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद २ लाख ५१ हजार ४०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरूको साथबाट ८ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्