०१ साउन २०८३, शुक्रबार

प्रचण्डले बल्ल गल्ती स्वीकारे

कात्तिक २०, २०७४
प्रचण्डले बल्ल गल्ती स्वीकारे

रोल्पा, ९ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ का पहाडी जिल्लालाई कांग्रेस, एमालेले पहिलो संविधानसभामा अलग्गै प्रदेश बनाउने भनेकै बेला माओवादीले नमानेर त्रुटि गरेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले भने– “संशोधन विधेयकले मगर ‘क्लस्टर’ मिल्न गएको छ । माओवादीले त पहिलेदेखि नै मगरात र तमुवानलाई जोड्ने भन्ने नै थियो ।”prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पत्रकारसँग नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गरेको प्रस्ताव भएकै क्लस्टरअनुरुप सीमाङ्कन हेरफेर गर्ने गरी विधेयक ल्याइएको बताए ।

क्रान्तिको आधारभूमि र परिवर्तनको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भूगोललाई आफूले सधैँ माया गरेको बताउँदै भने, ‘‘मलाई क्रान्तिको विकास गर्न सहयोग गरेको रोल्पा, रुकुम प्यूठानलगायतका जिल्लालाई म कहिले पनि अन्याय गर्दिन ।’’

राष्ट्रिय सहमति गर्नका लागि सबै समुदायलाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र आगामी २०७४ माघसम्ममा तीन तहको निर्वाचन सम्पन्न गर्नका लागि संशोधन प्रस्ताव दर्ता गरिएको बताए ।

जनयुद्धकालमा जनताद्वारा निर्माण गरिएको घोराही, होलेरी, टिला हुँदै घर्तीगाउँ थबाङसम्मको सहिद मार्ग अनुगमन तथा निरीक्षण गर्नका लागि उनी रोल्पा र रुकुममा आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्