
पछिलो २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ९ हजार २७९ जनाको आरटी–पीसीआर परीक्षण गरिएकोमा ९७६ महिला र १ हजार ५३२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार कोरोनाले थप १७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९३७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २६४ जना कोरोना निको भई आइसोलेसनबाट डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
हालसम्म १ लाख ७० हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भए पनि १ लाख ३१ हजार २२२ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । कोरोना निको हुने दर ७६.९% रहेको छ । सक्रिय संक्रमित ३८ हजार ३५७ रहेका छन् ।
राजधानी काठमाडौं उपत्यकामा थप १ हजार ३५७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् ।