३१ जेठ २०८३, आइतबार

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु

कात्तिक १५, २०७७
ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा शनिवार खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवाल छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटामा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरको फालीले घाँटीलगायत शरीरका विभिन्न भागमा काटेको थियो ।

गम्भीर चोट लागेपछि उपचारका लागि मध्यपुर अस्पताल लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्