
झापाका निजी अस्पतालले कोभिड १९ को परीक्षण र उपचारका नगरी फर्काउने गरेको गुनासो बढेपछि अनुगमन समिति गठन गरिएको छ ।
कोरोना सङ्क्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले निजी अस्पतालको सेवा अनुगमन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही रहेका छन् ।