२६ असार २०८३, शुक्रबार

७५३ स्थानीय तहलाई सङ्घीय मामिला मन्त्रालयको निर्देशन– नेपालको नाम नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर

कात्तिक १६, २०७७
७५३ स्थानीय तहलाई सङ्घीय मामिला मन्त्रालयको निर्देशन– नेपालको नाम नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अङ्ग्रेजीमा नेपाल प्रयोग गर्न निर्णय गरेको छ ।

नियोगले नेपालको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अङ्ग्रेजीमा Federal Democratic Republic Of Nepal प्रयोग गर्दै आइरहेका थिए ।

मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । State को सट्टा Province,  Village Body को सट्टा  Rural Municipality प्रयोग गर्न भनिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्