२३ असार २०८३, मंगलबार

फिलिपिन्समा तुफान आएपछि लाखौं मानिस विस्थापित

कात्तिक १६, २०७७
फिलिपिन्समा तुफान आएपछि लाखौं मानिस विस्थापित

गोनी नाम गरेको भयंकर तुफानले पूर्वी फिलिपिन्समा आइतवार ताण्डव मच्चाएपछि दश लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 

राजधानी मनिलाको मुख्य विमानस्थल बन्द गरिएको छ । 

तुफान काटान्डुआनेस प्रान्तको टापुमा बिहानै प्रवेश गरेको थियो । तुफान आउँदा २२५ किलोमिटर प्रतिघन्टाको दरले हावा चलेको थियो । यसलाई क्याटेगोरी ५ हरिकेन मानिएको छ । 

तुफान पश्चिमतर्फ घना आबादी भएको क्षेत्रमा अघि बढिरहेको छ । एक हप्ताअघि मात्र आएको अर्को तुफानले २२ जना मारेको थियो । 

अहिलेको तुफानबाट पनि मानिसहरू मरेको बताइएको छ तर पुष्टि हुन बाँकी छ । आल्बे प्रान्तमा एक व्यक्ति रुख ढलेपछि किचिएर मरेको बताइएको छ । 

आइतवार अपराह्न क्वेजोनमा पनि गोनीले तबाही मच्चाउने पूर्वानुमान गरिएको छ । 
 

आल्बेका गभर्नर आल फ्रान्सिस बिचाराले विपत व्यवस्थापन अधिकारीहरूसँगको भेटमा आफ्नो प्रान्तका कम्तीमा दुईजनाको मृत्यु भएको बताए । अनि मायोन ज्वालामुखीबाट निस्केको लेदोले केही गाउँलेहरूलाई जोखिममा पारेको पनि उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्