
प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।
कोरोना संक्रमितको उपचार नि:शुल्क गर्नु भन्ने सर्वोच्चको परमादेश सरकारले गम्भीर उल्लंघन गरेको भन्दै अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले आइतवार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
रिट निवेदनमा १ वर्ष कैद र १० हजार जरिवाना माग गरिएको छ । सरकारले यही कात्तिकदेखि कोरोना संक्रमितको उपचारमा शुल्क लाग्ने व्यवस्था गरेको छ ।