
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८२४ कोरोना संक्रमित थपिएको जनाएको छ ।
आइतवार आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार २३ को पीसीआर परीक्षण गरिएको र तीमध्ये २ हजार ८२४ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार ६२० रहेको छ । हालसम्म नेपालमा १ लाख ३४ हजार ८ सय ४२ ले कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ पुगेको छ ।
डा. गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय २२ संक्रमित भेटिएको बताए । संक्रमितको संख्या काठमाडौँ जिल्लामा १३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ संक्रमित फेला परेका हुन् ।