२७ असार २०८३, शनिबार

नेपाल-चीन समबन्धमा नयाँ युगको प्रारम्भ,

कात्तिक २०, २०७४
नेपाल-चीन समबन्धमा नयाँ युगको प्रारम्भ,

काठमाडौं, २९ वैशाख - नेपालले चीनको 'वान बेल्ड वान रोड' अवधारणामा हस्ताक्षर गरेको छ । मन्त्रिपरिषद्को बैठकले चीनले अघि सारेको उक्त अवधारणामा सहमति जनाउने निर्णय गरेसँगै चीनसँग उक्त विषयमा हस्ताक्षर भएको हो ।

शुक्रवार विहान नेपाल र चीनका प्रतिनिधिले उक्त अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रवार विहान परराष्ट्र सचिव शंकरदाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले वान बेल्न वान रोड अवधारणामा हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर भएसँगै परराष्ट्र मन्त्री प्रकाशशरण महतले चीन र नेपालको सम्बन्धमा नयाँ युग सुरु भएको बताए । उनले नेपालका लागि कनेक्टीभीटी महत्वपूर्ण रहेकोले उक्त हस्ताक्षरसँगै चीनसँगको निकटता थप बढ्ने बताए ।

उक्त हस्ताक्षर भएसँगै नेपालमा चिनियाँ लगानी बढ्ने उनले बताए । चीनले सन् २०१३ मा यो अवधारणा अघि सारेको थियो । यो अवधारणामा हस्ताक्षरगरेसँगै चीनले नेपालको रेल, सडक लगायतमा सहयोग गर्ने छ ।

चीनले एशिया सहित युरोपका देशहरुलाई सडक, समुन्द्र र रेलमार्गबाट जोड्नको लागि यो अवधारणा अघि सारेको हो ।

salt training

कमेन्ट गर्नुहोस्