१० साउन २०८३, आइतबार

जब साइकलयात्रीलाई भेडाले लखेट्यो...

कात्तिक १८, २०७७
जब साइकलयात्रीलाई भेडाले लखेट्यो...

तपाईंको गाउँमा कुनै नयाँ मानिस आएमा तपाईं के गर्नुहुन्छ ? यहाँ एउटा भेडाले आफ्नो क्षेत्रमा एक व्यक्ति प्रवेश गर्दा अनौठो व्यवहार देखाएको छ ।

जसको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

भिडियोमा एक व्यक्ति कुनै ग्रामीण सडकमा साइकल चलाउँदै हुन्छन् । त्यत्तिकैमा त्यहाँ भेडा आउँछ र उसलाई हान्छ । एकपटक है भेडाले ती व्यक्तिको साइकललाई पटकपटक हान्छ । 

साइकलयात्री भने साइकललाई जबरजस्त चलाइरहेका हुन्छन् र अन्तिममा उनी भेडालाई छलाउँदै तीव्र गतिमा साइकल चलाउँछन् । 

त्यसपछि पनि भेडा उनको पछिपछि दगुर्छ । 

यस भिडियोलाई नेचर इज स्क्यारीले ट्वीटरमा शेयर गरेको छ । यो भिडियो समाचार तयार पार्दासम्म १६ लाखभन्दा बढीपटक हेरिएको छ । भने प्रतिक्रिया पनि उत्तिकै पाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्