१२ असार २०८३, शुक्रबार

भारतीय सेना प्रमुख नरवाणे १२ बजे नेपाल आइपुग्दै, पशुपतिनाथको दर्शन गर्न जाने

कात्तिक १९, २०७७
भारतीय सेना प्रमुख नरवाणे १२ बजे नेपाल आइपुग्दै, पशुपतिनाथको दर्शन गर्न जाने

भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे बुधवार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा नेपाल आउँदैछन् ।

भारतीय सेनाको विशेष विमानमार्फत ४ सदस्यीय टोलीसहित नरवाणे नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाको स्रोतका अनुसार नरवाणे मध्याह्न १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ ।

बुधवार कुनै औपचारिक भेटघाटको कार्यक्रम नभए पनि उनी नेपाल उत्रिएलगत्तै उनलाई बस्नको लागि व्यवस्था मिलाइएको सोल्टी जाने र त्यसपछि पशुपति दर्शनको लागि जाने कार्यक्रम तय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्