२० असार २०८३, शनिबार

बाइडनले गरे समर्थकहरूलाई सम्बोधन, भने– हामी जित्छौं

कात्तिक १९, २०७७
बाइडनले गरे समर्थकहरूलाई सम्बोधन, भने– हामी जित्छौं

डेमोक्रेटिक पार्टीका नेता जो बाइडनले डेलावेयरमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् । 

‘निर्वाचन परिणाम आउन समय लाग्न भन्ने हामीलाई थाहा थियो,’ उनले भने । ‘तर हेर्नुस्, हामी अहिले जस्तो अवस्थामा छौं, त्यो राम्रो छ । हामी गजब स्थितिमा छौं ।’

उनले थपे, ‘हामी यो चुनाव जित्ने बाटोमा छौं ।’

सबै भोट गनिसकेपछि मात्र राष्ट्रपति निर्वाचनको विजेता घोषणा गर्न मिल्नेमा बाइडनले जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्