३० जेठ २०८३, शनिबार

उत्तर कोरियाका कारागारमा थुप्रै छन् पश्चिमी बन्दी, दिइन्छ चरम यातना

कात्तिक २०, २०७४
उत्तर कोरियाका कारागारमा थुप्रै छन् पश्चिमी बन्दी, दिइन्छ चरम यातना

काठमाडौं, २९ वैशाख — क्यानाडाका सुरक्षा सल्लाहकार जेम्स लेलाई उत्तर कोरियामा अप्रिल महिनामा कैयौं दिनसम्म बन्दी बनाएर सोधपुछ गरिएको थियो ।


बन्दी अवस्थामा आफूले टोनी किमसँग नियमित कुराकानी गरेको जेम्सको दाबी छ । टोनीलाई उत्तर कोरियाली अधिकारीहरूले देशविरुद्धका क्रियाकलाप गरेको आरोपमा पक्रिएका छन् ।

किम जोङ–उनले संसारसँग लुकाउन चाहेको रहस्य टोनीसँग कुरा गर्दा लेले पत्ता लगाए ।

त्यो रहस्य भनेको उत्तरका कारागारमा सोचेभन्दा बढी पश्चिमी बन्दी छन् । ‘क्यानाडेली, अमेरिकी र युरोपेली बन्दीलाई राख्नका लागि ठूलो ठाउँ छुट्ट्याइएको छ,’ किमले लेलाई सुनाए ।

पश्चिमी देशका बन्दीहरूलाई ‘नाम नभएको घर’ भन्ने ठाउँमा राखिएको किमले बताए । किमलाई यसबारेमा पूर्ण विश्वास रहेको आफूले देखेको लेले बताए ।

आफूलाई सोधपुछ गरिँदा पश्चिमी थर भएका कैयौं व्यक्तिको फोल्डरहरू आफूले देखेको किमले लेलाई बताए ।

किम जोङ–उनले बन्दीहरूलाई व्यापक रूपमा राख्ने गुलगहरूको अस्तित्वलाई अस्वीकार गरेपनि बन्दीहरू पातलो झोल मात्र खान पाउँछन् अनि उनीहरूलाई दिनदिनै कुटपिट गरिन्छ ।

बन्दीहरूलाई चरम यातनाका अलावा दुर्व्यवहार पनि गरिन्छ । उत्तरका बन्दीहरू अस्पतालमा भर्ना भएपछि अरू बन्दीको मृत्युको खबर दिन मन लाग्दैन किनकि यसो गर्दा उनीहरू तिनलाई दिइने रासन पनि खान पाइन्छ ।

त्यसैगरी बन्दीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइन्छ र अरू बन्दीलाई हेर्न बाध्य बनाइन्छ । कुपोषणले ग्रस्त एक बन्दीले कुकुरलाई दिइने खानेकुरा चोरेर खाएका थिए ।


भाग्न खोजेको एक बन्दीलाई ढुंगा हान्नका लागि अन्य बन्दीलाई लगाइएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्