१६ असार २०८३, मंगलबार

भारतीय सेनाध्यक्ष नरवणे आउँदा माइतीघर मण्डलामा विरोध प्रदर्शन

कात्तिक १९, २०७७
भारतीय सेनाध्यक्ष नरवणे आउँदा माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौंको माइतीघरमा भेला भएका व्यक्तिहरूले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई लिएर विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा कालो झण्डसहित ‘गो ब्याक मनोज मुकुन्द नरवणे’ भन्ने नारा लगाइएको छ ।

भारतीय सेनाले कालापानी छोड्नुपर्ने माग गर्दै ‘भारतीय सेना कालापानी छोड’ भन्ने नारा समेत लागेको छ । 

सेनाध्यक्ष नरवणे बुधवार बिहान ११ः४० बजे सेनाको विशेष विमानबाट नेपाल आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्