१९ असार २०८३, शुक्रबार

उत्तरका तीन राज्यले अन्तिम परिणाम निर्धारण गर्ने

कात्तिक १९, २०७७
उत्तरका तीन राज्यले अन्तिम परिणाम निर्धारण गर्ने

राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडाको महत्त्वपूर्ण लडाइँ जितेपछि उनी र उनका प्रतिद्वन्द्वी जो बाइडनले उत्तरी क्षेत्रका तीन औद्योगिक राज्यहरूतिर ध्यान दिन थालेका छन् । 
 

विस्कोन्सिन, मिशिगन र पेन्सिल्भेनियामा हासिल हुने जीतले ह्वाइट हाउसमा को बस्नेछ भनी निर्धारण गर्नेछ । 

अहिले दुवै उम्मेदवार २७० को आँकडामा पुगिसकेका छैनन् तर ट्रम्पले कैयौं महत्त्वपूर्ण राज्यमा आफूले जितिसकेको घोषणा गरेका छन् । नयाँ मत गन्नबाट रोक्नका लागि सर्वोच्च अदालत पुग्ने उनले बताएका छन् । 

कैयौं राज्यहरूले निर्वाचनको दिनभन्दा पछि आएका हुलाकी भोटहरूलाई पनि गन्ने अनुमति दिएका छन् । तर हुलाकमार्फत आएका भोटहरूमा नोभेम्बर ३ को मिति राखिएको चाहिँ हुनुपर्छ । पेन्सिल्भेनियामा चुनावको तीन

दिनपछि आएका मतपत्रलाई पनि स्वीकार गरिनेछ । 

ट्रम्पले यस्ता भोटहरू गन्न नमिल्ने बताएका छन् । तर बाइडनले आफ्ना समर्थकहरूलाई धैर्य गर्न र सबै मतपत्र नगनुन्जेल निर्वाचन अन्त्य भएको नमानिने बताएका छन् । 
 

पेन्सिल्भेनियाका गभर्नर टम वुल्फले राज्यमा १० लाख मतपत्र गन्न बाँकी रहेको बताए र सबै भोट गन्ने भनी जनतालाई आश्वासन दिए । 

salt training

कमेन्ट गर्नुहोस्