२६ असार २०८३, शुक्रबार

ढाका टोपीमा देखिए भारतीय सेना प्रमुख नरवणे, के धमिलिएको छवि सुर्धान खोजेका हुन् ?

कात्तिक १९, २०७७
ढाका टोपीमा देखिए भारतीय सेना प्रमुख नरवणे, के धमिलिएको छवि सुर्धान खोजेका हुन् ?

भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै होटल सोल्टीमा गए भने त्यसपछि उपत्यकाका धार्मिकस्थलमा अवलोकनमा व्यस्त भएका छन् ।
उनले आज बेलुका पशुपतिनाथको दर्शन गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी, लगायतका विशेष सुरक्षा घेरामा पशुपतिनाथको दर्शन गरेका उनले बेलुकाको आरती समेत अवलोकन गरेका छन् ।

त्यसभन्दा अगाडि धार्मिक र ऐतिहासिक स्थल बसन्तपुर दरबार क्षेत्रको पनि उनले अवलोकन भ्रमण गरेका थिए । बसन्तपुर र पशुपतिनाथको दर्शनका क्रममा उनले लगाएको ढाका टोपीले भने धेरैको ध्यान खिचेको छ । सर्ट पाइन्टसँगै उनी नेपाली ढाका टोपी लगाएर पशुपति पुगेका थिए ।

कालापानी लिपुलेकबारे विवादास्पद अभिव्यक्ति दिएपछि उनको नेपालमा चर्को विरोध भएको थियो । स्थल सेना प्रमुख नरवणेले अरुको इसारामा नेपाले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । तर चर्को विरोध पछि उनले त्यो अभिव्यक्ति फिर्ता लिएका थिए ।

त्यही अभिव्यक्ति पछि नेपालमा बिग्रिएको आफ्नो छविलाई सुधार्नका लागि उनले ढाका टोपी लगाएको हुनसक्ने कतिपयको बुझाइ छ ।
नरवणे भारतीय सेनाको विशेष विमान मार्फत ४ सदस्यीय टोलीसहित आज विहान ११ः४० बजे नेपाल आएका थिए । उनको औपचारिक कार्यक्रम भने बिहीबारदेखि सुरु हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्