२९ असार २०८३, सोमबार

चीनमा कोइलाखानी दुर्घटना, आठ वेपत्ता

कात्तिक १९, २०७७
चीनमा कोइलाखानी दुर्घटना, आठ वेपत्ता

चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका समाचार प्राप्त  भएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्न १ बजे दुर्घटना भएको यस अवस्थामा ४२ कामदार कार्यरत रहेका आकस्मिक उद्धार सेवा समूहले जानकारी दिएको छ ।

 दुर्घटनाको समयमा खानीमा काम गरिरहेका ३४ कामदारलाई सुरक्षित उद्धार गरिएको पनि सो समूहले जानकारी दिएको छ ।  वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको सो स्रोतले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्