२६ असार २०८३, शुक्रबार

पूर्वमन्त्री मन्सुरलाई कोरोना पोजेटिभ, हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

कात्तिक १९, २०७७
पूर्वमन्त्री मन्सुरलाई कोरोना पोजेटिभ, हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
 मन्सुरलाई ज्वरो, खोकी लागेपछि  नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए ।

उनलाई  हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । उनको उपचार  वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्