१९ असार २०८३, शुक्रबार

सरकारी सम्पत्ति नष्ट गरेको आरोपमा भैंसी पक्राउ परेपछि...

कात्तिक २०, २०७४
सरकारी सम्पत्ति नष्ट गरेको आरोपमा भैंसी पक्राउ परेपछि...

काठमाडौं, २९ वैशाख– सरकारी सम्पत्ति नष्ट गरेको आरोपमा प्रहरीले भैंसीलाई नै गिरफ्तार गरेको छ । यस्तो घटना भारतको उत्तर प्रदेश राज्यमा भएको हो । उत्तर प्रदेशको एक क्याम्पसको हातामा लगाइएका रुखबिरुवा खाएपछि भैँसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो अनौठो घटना नेपालसँग सीमाना जोडिएको लखिमपुर खिरी जिल्लाको पलियास्थित बलदेव वैदिक इंटर कलेजमा भएको हो । पर्खाल नै तोडेर कलेजभित्र प्रवेश गरेको भैँसीले भित्रका बोटविरुवा नष्ट गरेको थियो ।

भैँसीले कलेजभित्रको फुल तथा बोटबिरुवा खाएपछि क्याम्पस प्रशासनले प्रहरीलाई फोन गरेको थियो । त्यसपछि प्रहरीको टोलीले भैँसीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लगेको थियो ।

प्रहरीले भैँसीलाई फिर्ता पाउन भैँसीका मालिकले जरिवाना तिर्नुपर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्