१६ असार २०८३, मंगलबार

कोरोना कहर : जनप्रतिनिधिकै घरबाट अनमी निकालिइन्

कात्तिक २०, २०७७
कोरोना कहर : जनप्रतिनिधिकै घरबाट अनमी निकालिइन्

साकेला गाउँपालिका–४ मात्तिममा कार्यरत अनमी अञ्जु बस्नेत उक्त गाउँपालिकाकै उपाध्यक्ष सरिता खड्काको घरबाट निकालिएकी छन् ।

दसैं बिदा सकेर आइतबार कार्य क्षेत्र फर्कंदै गरेको अवस्थामा उपाध्यक्ष खड्काका श्रीमान् धनबहादुर खड्काले फोन गरेर ‘कोठाको अर्को विकल्प खोज्न’ भनेपछि आफू डेराबाट निस्कनुपरेको बस्नेतको भनाइ छ । ‘दिक्तेलबाट मात्तिम आउँदै थिएँ, बाबुआमा दीर्घरोगी भएकाले कोठाको अर्को व्यवस्था गर्नु भन्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि डेराबाट सर्नुपरेको हो ।’

उपाध्यक्ष खड्काले कोरोना संक्रमण हुने डरले श्रीमान्ले त्यसो भनेको बताइन् । ‘बाबुआमाले दीर्घ रोगको औषधि खाइरहनुभएको छ । कोरोना संक्रमित क्षेत्र दिक्तेल पुगेर आएकीले त्यसो भन्नुभएछ,’ उनले भनिन्, ‘तर त्यस्तो नराम्रो तरिकाले भन्नुभएको होइन ।’

उक्त वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको सहयोगमा बस्नेतले अर्को घरमा कोठाको व्यवस्था गरेकी छन् । अनमी बस्नेत एक वर्षदेखि उपाध्यक्ष खड्काको घरमा डेरा बस्दै आएकी थिइन् । ‘बेलुकी बसिरहेको बेला सामान लिन आएकी थिइन्,’भनिन्, ‘आफ्नो कोठामा भएको सामान आफैं निकाल्नु भनेपछि निकालेर गइन् ।’  कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्