१२ असार २०८३, शुक्रबार

सेनाध्यक्ष नरवणेले जङ्गीअड्डामा रोपे ओखरको विरुवा, प्रधानसेनापति थापासँग वार्ता शुरू

कात्तिक २०, २०७७
सेनाध्यक्ष नरवणेले जङ्गीअड्डामा रोपे ओखरको विरुवा, प्रधानसेनापति थापासँग वार्ता शुरू

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा बिहीवार आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको ३ दिने भ्रमणका लागि उनी बुधवार काठमाडौं आइपुगेका हुन् ।

सेनाध्यक्ष नरवणेले बिहीवारै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपे । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थल सेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरू भएको छ । 

यसअघि स्थल सेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । २ देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तेह्रौं बैठकमा भएको सहमतिअनुरुप स्थल सेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केहीबेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई बिहीवारै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औं सेनापति हुन् ।

salt training

कमेन्ट गर्नुहोस्