
बेचबिखनका लागि भारत लगिँदै गरेका ३ किशोरीलाई धनगढीमा रोकथाम गरिएको छ ।
धनगढी बसपार्कमा रहेको न्यू बडी केदार होटलमा राखिएका १७, १८ र १९ वर्षका ३ किशोरीलाई बुधवार राति उद्धार गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
सर्लाहीकी २ जना र सिन्धुलीकी १ जना किशोरीको उद्धार गरिएको उनले बताए । उनीहरूलाई शान्ति पुनःस्थापना गृहको सेफ हाउसमा राखिएको छ ।
अनुसन्धानको लागि प्रहरीले होटेल सञ्चालन टेकेन्द्र बडैलासहित ४ जनालाई नियन्त्रणमा लिइएको सिंहले बताए ।