
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतको फैसलाबाट कैद तथा जरिवान असुलउपर गर्न बाँकी रहेका १११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिप्रका स्याङ्जाले २८ वर्षदेखि फरार रहेका कर्तव्यज्यान मुद्दाका थुमपोखरा घर भई हाल लुकीछिपी नवलपरासीको सुनवल बस्दै आएका तेजलाल डुम्रेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार कर्तव्यज्यान, जबरजस्तीकरणी, मानव बेचबिखन, लागूऔषध, हातहतियार खरखजाना, सवारी ज्यान, बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्धविच्छेद, कुटपिट लगायत मुद्दाका अभियुक्त ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्राउ परेका छन् ।
आपराधिक गतिविधिमा संलग्न भई अदालतले फैसला सुनाएका व्यक्तिको खोजी अभियान अन्तर्गत लुकेर बसेका प्रतिवादीलाई पक्राउ गरिएको एसपी बोगटीले जानकारी दिए ।
यसअघि स्याङ्या प्रहरीले ४५ जना जना फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरेको थियो ।