
अमेरिकामो पोर्टल्यान्ड शहरमा व्यापक रूपमा हिंसा फैलिएपछि नेसनल गार्डका सिपाहीहरू तैनाथ गरिने भएका छन् ।
प्रहरीले हिंसाको घटनालाई दंगा भनेको छ । प्रदर्शनकारीहरूले पसलको शीशा तोडफोड गर्ने र प्रहरीसँग झगडा गर्ने काम गरेका छन् ।
पोर्टल्यान्डका कानून कार्यान्वयन अधिकारीहरूले नेसनल गार्ड तैनाथ गरिएको घोषणा स्थानीय समयअनुसार बुधवार अबेर राति गरे ।
व्यापक मात्रामा हिंसा फैलिएपछि गभर्नर केट ब्राउनले ओरेगन नेसनल गार्डलाई सार्वजनिक सुरक्षा कायम राख्ने आदेश दिएकी छन् ।
बुधवार पोर्टल्यान्डमा दुई बेग्लाबेग्लै विरोध प्रदर्शनहरू आयोजना गरिए । त्यसमध्ये एउटाले सबै भोट गन् भन्ने नारा लगाउँदै जुलूस निकाल्यो ।
अर्को समूहले चाहिँ आपराधिक क्रियाकलाप मात्र गरेको बताइएको छ । त्यसमा संलग्न मानिसले हतियार बोकेको खबर छ तर पुष्टि भएको छैन ।
Police have declared a riot in downtown #Portland. Police are playing a cat and mouse game with demonstrators. pic.twitter.com/43fJrxjHP0
— David Douglas (@DavidDouglasTV) November 5, 2020