
सैनिक श्रीमती संघ (नेपाल) का अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संघ (भारत) का अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ ।
भद्रकालीस्थित संघको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।
सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले संघका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तर्क्रिया गरेका नेपाली सेनाले जनाएको छ ।