
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले नेकपाका शीर्ष नेताले आगामी महाधिवेशनको संघारका बीचमा आपसी मनमुटाव, प्रतिस्पर्धा र होडबाजीलाई त्यागेर मुलुक र जनतालाई केन्द्रबिन्दु बनाउनमा एकजुट हुन आग्रह गरेका छन् ।
पार्टीको एकीकृत प्रक्रियालाई दरिलो बनाउन र भविष्यमा महाधिवेशनबाट युवा जमातलाई पनि पार्टीको नेतृत्वमा क्षमतावान बनाई जिम्मेवारी दिन उनले आग्रह गरे । उनले शीर्ष नेतृत्वमा रहेका ७० वर्ष नाघेकाले राजनीतिबाट विश्राम लिनुपर्ने सुझाव दिए ।
पार्टीका सबै तहका कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी जिम्मेवारी लिन नहुने पनि उनको प्रस्ताव छ ।