१४ असार २०८३, आइतबार

चुनावको दिन पर्यटकका लागि सरकारी बस चल्ने

कात्तिक २०, २०७४
चुनावको दिन पर्यटकका लागि सरकारी बस चल्ने

काठमाडौं, २९ वैशाख– पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार हुने मतदानको दिन सार्वजनिक तथा निजी सवारीसाधन नचल्ने भएपनि पर्यटकका लागि सरकारी बस चल्ने भएका छन् ।

मतदानको दिन पर्यटकलाई पर्ने असरलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पर्यटक बस चलाउन लागेको हो ।

मतदानको दिन नेपाल आउने पर्यटकलाई त्रिभुवन विमानस्थलदेखि काठमाडौं र ललितपुरका विभिन्न होटलसम्म पुर्याउन बोर्डले बसको व्यवस्था गर्ने छ ।

पर्यटक प्रहरीसँगको सहकार्यमा सञ्चालन हुने ती बसहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्