०८ साउन २०८३, शुक्रबार

भारतीय स्थल सेनाध्यक्ष नरवणेद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट, के भयो कुराकानी ?

कात्तिक २१, २०७७
भारतीय स्थल सेनाध्यक्ष नरवणेद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट, के भयो कुराकानी ?

भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

नेपाल भ्रमणमा रहेका नरवणेले शुक्रवार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले ट्वीटमार्फत जनाएका छन् ।

हेर्नुहोस्, ट्वीट :

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच शदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको बताएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले ट्वीटमार्फत जनाएका छन् ।

नेपालको ३ दिने भ्रमणमा रहेका नरवणे आजै स्वदेश फर्किने कार्यक्रम छ ।

हेर्नुहोस्, बजगाईंको ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्