२५ असार २०८३, बिहीबार

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

कात्तिक २१, २०७७
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुक्रवार १ सय पुगेको छ । गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या  १ सय पुगेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार बागलुङको जैमिनी नगरपालिका ९ का २९ वर्षीय पुरुषको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । गत कात्तिक ८ मा संक्रमण पुष्टि भएका ती पुरुषलाई निमोनिया समेत समस्या थियो । 

यस्तै, पोखरा १० का ५७ वर्षीय पुरुषको गएराति सोही अस्पतालमा मृत्यु भएको छ । गत कात्तिक २ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषमा निमोनिया र उच्च रक्तचाप समस्या थियो । 

पोखराकै ३० दिने बालकले पनि कोरोना सिकारसँगै ज्यान गुमाएका छन् । श्वासप्रश्वास र निमोनियाको समस्या रहेका ती शिशुको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । 

उता, पोखरा १७ का ७५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई गत कात्तिक १४ मा कोरोना पुष्टि भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्