२८ असार २०८३, आइतबार

४० लाख नगदसहित एक युवक पक्राउ

कात्तिक २१, २०७७
४० लाख नगदसहित एक युवक पक्राउ

स्रोत नखुलेको  रु ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन् ।

बुटवलबाट आएको रात्रिबसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरिएको हो ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागुऔषध ब्राउन सुगरसहित तीन युवक पक्राउ परेको नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्