२५ असार २०८३, बिहीबार

जीवनको बलिदान दिन तयार छौं : ओली

कात्तिक २०, २०७४
जीवनको बलिदान दिन तयार छौं : ओली
पोखरा, १० मंसिर-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान संशोधनको कुरा उठाएर संक्रमणकाल लम्ब्याएको आरोप लगाएका छन् । उनले कसैको इशारामा हुने संविधान संशोधन एमालेका लागि मान्य नभएको स्पष्ट पार्दैै बलिदान दिन परे पनि पछि नपर्ने तर कसैको इशारामा हुने संशोधनमा सहमति नगर्ने बताए, राजधानीले खबर छापेको छ ।KP-Oli

पोखरा विमानस्थलमा शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता ओलीले उक्त कुरा बताएका हुन् । उनले वर्तमान सरकारको काम संविधान संशोधनका लागि नभएर कार्यान्वयनका लागि भएको स्पष्ट पारे ।

उनले भने, देश संक्रमणकालमा छ, संक्रमणको अन्त्य गर्न र संविधान कार्यान्वयन गर्दै निर्वाचनमा जार्नुपर्छ, जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य हुँदैन । उनले देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुनसक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्