
काठमाडौं, २९ वैशाख - सप्तरीको राजविराज स्थित नापी कार्यालयमा प्रेस कुकर बम बिष्फोट भएको छ । बिष्फोटबाट नापी कार्यालयमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त बिष्फोटको जिम्मा लिएको छ । अहिले अवस्था सामान्य रहेको छ ।