२२ जेठ २०८३, शुक्रबार

टर्पेनटाइन इन्डस्ट्रिजमा आगलागी, २० टन खोटो जलेर नष्ट

कात्तिक २०, २०७४
टर्पेनटाइन इन्डस्ट्रिजमा आगलागी, २० टन खोटो जलेर नष्ट

चन्द्रौटा, कपिलवस्तु, २९ वैशाख –कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।

आज दिउँसो २ बजे भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको इन्डस्ट्रिजका व्यवस्थापक जीवनारायण खनालले जानकारी दिनुभयो । खोटो पकाउनका लागि तैयारी अवस्थामा राखिएको थियो । भट्ठीमा बालेको आगो सल्केर फ्याक्ट्रीमा आगलागी भएको हो ।

आगो कृष्णनगर नगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटाको टोली र वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा सबै कामदार बाहिर भागेर ज्यान बचाउन सफल भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्