
सोमबार नेपाल राष्ट्र बैंकले रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो ।
बैंकका अनुसार सबै परिमाणको बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको टे«जरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ ।
उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रु १२ अर्ब बराबरको बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो ।