३० जेठ २०८३, शनिबार

‘आई एम ट्वान्टी वान’ चलचित्रका ३ जना सदस्यलाई कोरोना संक्रमण, छायांकन स्थगित

कात्तिक २४, २०७७
‘आई एम ट्वान्टी वान’ चलचित्रका ३ जना सदस्यलाई कोरोना संक्रमण, छायांकन स्थगित

छायांकन भइरहेको चलचित्र ‘आई एम ट्वान्टी वान’का ३ जना सदस्यलाई कोरोना देखिएपछि चलचित्रको छायांकन प्रभावित बनेको छ ।

चलचित्रको छायांकनको पहिलो दिनदेखि नै काम गरिरहेकाहरूलाई कोरोना देखिएको हो ।

कोरोना देखिएपछि चलचित्रको सम्पूर्ण छायांकन स्थगित भएको छ । रेनशा वान्तवा राईको निर्देशनमा तयार भइरहेको चलचित्रमा धिरज मगर, रेनशा वान्तवा राईको मुख्य भूमिका छ ।

चलचित्र घोषणा भएको लामो समयसम्म छायांकन शुरू भएको थिएन । तर दशैंको घटनास्थापनादेखि चलचित्रको छायांकन शुरू गरिएको थियो । कोरोना देखिएपछि चलचित्रको छायांकन पुनः रोक्न टीम बाध्य भएको छ ।

उनीहरूसँगै काम गरिरहेका अन्य सदस्यको रिपोर्ट भने आइसकेको छैन । तर ३ जना सदस्यलाई कोरोना देखिएपछि चलचित्र टीम त्रासमा छ ।

salt training

कमेन्ट गर्नुहोस्