२१ जेठ २०८३, बिहीबार

कोरोनाबाट थप १ महिलाको मृत्यु

कात्तिक २४, २०७७
कोरोनाबाट थप १ महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा सोमवार थप १ महिलाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।

मधुमेह रोगबाट ग्रसित उनको कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।

१ हप्तासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्