२६ असार २०८३, शुक्रबार

वेश्यालय र शवदाह केन्द्रको बीचमा रहेको स्थानमा ट्रम्पको पत्रकार सम्मेलन, बोले जुलियानीले

कात्तिक २४, २०७७
वेश्यालय र शवदाह केन्द्रको बीचमा रहेको स्थानमा ट्रम्पको पत्रकार सम्मेलन, बोले जुलियानीले

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीहरूले पेन्सिल्भेसनयाको एक गार्डन सेन्टरमा पत्रकार सम्मेलन आयोजना गराएपछि ट्रम्पको मजाक उडाइएको छ । 

यसअघि ट्रम्पले फोर सीजन्समा ठूलो प्रेस सम्मेलन गर्ने भनी ट्वीट गरेका थिए तर पछि उक्त ट्वीट डिलिट गरियो । 

ट्रम्पको ट्वीट आएलगत्तै फोर सीजन्स होटलले ट्वीट गर्दै राष्ट्रपतिको प्रेस सम्मेलन होटलमा नगरिने भनी स्पष्ट पार्‍यो । 

‘सम्मेलन फोर सीजन्स टोटल ल्यान्डस्केपिङमा गरिनेछ, होटलसँग त्यसको कुनै साइनो छैन,’ उसले थप्यो । 
 

पेन्सिल्भेनियाको फिलाडेल्फियामा रहेको फोर सीजन्स टोटल ल्यान्डस्केपिङ डेलावेयर भ्याली शवदाह केन्द्र र फ्यान्टसी आइल्यान्ड एडल्ट बूक भन्ने वेश्यालयको बीचमा पर्छ । 

पछि ट्रम्प आफैंले पत्रकार सम्मेलन ल्यान्डस्केपिङ सेन्टरमा गर्ने भनी पुष्टि गरे । तर अन्ततोगत्वा ट्रम्पले सम्बोधन गरेनन्, बरू उनका वकिल रुडी जुलियानीले पत्रकारहरूसँग कुराकानी गरे । 

जो बाइडनले अमेरिकी चुनाव जित्ने प्रक्षेपण सहितको घोषणा आएपछि जुलियानीले कथित धाँधलीका विरुद्ध ट्रम्पले कानूनी प्रक्रिया चाल्ने कुरा दोहोर्‍याए । 

‘कम्तीमा ६ लाख मतपत्रहरूमाथि प्रश्न उठेकाले उनले हार स्वीकार गर्ने कुरै आउँदैन,’ जुलियानीले भने । 

तर त्यतिखेरसम्म सामाजिक सञ्जालमा फोर सीजन्सको विषयमा भएको कन्फ्युजनको मजाक उडाउन थालिसकिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्