०९ असार २०८३, मंगलबार

नेकपा अनुशासन आयोगले भन्यो – अविलम्ब बैठक राखौं, पार्टी निर्णय दराजमा सजाउनका लागि होइनन्

कात्तिक २४, २०७७
नेकपा अनुशासन आयोगले भन्यो – अविलम्ब बैठक राखौं, पार्टी निर्णय दराजमा सजाउनका लागि होइनन्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला केन्द्रीय अनुशासन आयोगले अविलम्ब बैठक राखेर समस्या समाधान गर्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराले गरेको आग्रहमा ‘गालीगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्ने नसकिने अप्रिय कुराहरू सञ्चारमाध्यममा आएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

‘कमरेडहरू, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं,’ बोहराले भनेका छन्, ‘पार्टीका निर्णयहरू आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ । दराजमा सजाउनको लागि होइन । पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरू आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्