
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ५ करोड ९ लाख नाघेको छ । यस्तै निको हुनेको संख्या ३ करोड ३८ लाख ८९ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार हालसम्म १२ लाख ६४ हजारको हाराहारीमा संक्रमितको मृत्यु भइसकेको छ ।
अहिले विश्वभर १ करोड ३७ लाख ५० हजार सक्रिय संक्रमित रहेको पनि जनाइएको छ ।
कोराना संक्रमितको हिसावले सबैभन्दा प्रभावित मुलुकको सूचीमा अमेरिका रहेको छ । अमेरिकामा संक्रमितको संख्या १ करोड २ लाख ९५ हजारको हाराहारीमा रहेको छ । त्यसपछि भारतमा ८५ लाख ७२ हजार, ब्राजिलमा ५६ लाख ६४ हजार, रसियामा १७ लाख ९६ हजार, फ्रान्समा १७ लाख ८७ हजार, स्पेनमा १३ लाख ८८ हजार, अर्जेन्टीनामा १२ लाख ४२ हजार, युकेमा ११ लाख ९२ हजार, कोलोम्बियामा ११ लाख ४३ हजार र मेक्सिकोमा ९ लाख ६७ हजारको हाराहारीमा संक्रमित रहेका छन् ।