
सोमबार विभिन्न देशका विमानस्थल भएर नेपाली र विदेशी नागरिक समेत नेपाल आएका छन् । नेपाल आउनेमा कतारबाट सबैभन्दा धेरै नेपाली रहेका छन् । कतारबाट नेपाल आउनेमा ४३७ जना नेपाल आएका छन् । त्यसमा ६ जना विदेशी रहेका छन् ।
यस्तै युएईबाट ३०२ जना नेपाल आएका छन् । त्यसमा एक जना विदेशी पनि रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
