
सरकारले बंगलादेशबाट मल किनेरै ल्याउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ दोस्रो साता बंगलादेशी समकक्षी शेख हसिनालाई फोन गरेर ५० हजार मेट्रिक टन मल दिन आग्रह गरेका थिए ।
सो अनुसार बंगलादेशले सुरुमा पैंचोमा मल दिने सकारात्मक जवाफ दिएपनि अन्तिम समयमा सो सम्भव भएको थिएन । त्यसपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किनेरै ल्याउने निर्णय गरेको एक मन्त्रीले बैठकपछि जानकारी दिए ।
युरिया मल आयात गर्न दुई ठेकेदार कम्पनी हनिको मल्टिपल र शैलुङ इन्टरप्राइजेजले समयमा मल नल्याएपछि धानमा मल हाल्ने समयमा चरम अभाव भएको थियो ।
मलको अभाव भएर चर्को आलोचना भएपछि सरकार आफै मल आयात गर्नेगरी लागिपरेको हो।