०१ असार २०८३, सोमबार

हुम्ला छिर्न पीसीआर रिपोर्ट अनिवार्य

कात्तिक २५, २०७७
हुम्ला छिर्न पीसीआर रिपोर्ट अनिवार्य

जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ ।

विभिन्न अपराध, दुर्घटना र सामाजिक विकृति रोक्न पनि भीडभाडमा रोक लगाइएको प्रशासकीय अधिकृत श्रीशमशेर रानामगरले बताए । रुकुम पश्चिमका ४ वडामा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि निषेधाज्ञा भएको छ । शुक्रबारदेखि आठबीसकोट–९, १०, ११ र १२ नम्बर वडा सिल गरिएको प्रजिअ बद्रीनाथ गैह्रेले बताए ।

कोरोनाबाट शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुषको मृत्यु भएपछि सल्यानको श्रीनगर बजार सिल भएको छ ।

नगरप्रमुख सुरेश अधिकारीले एक साताका लागि बजार सिल गरिएको बताए । हुम्लामा भने जिल्ला प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले असोज तेस्रो सातादेखि पीसीआर रिपोर्ट ‘नेगेटिभ’ भएकालाई मात्र हुम्ला आउन दिने निर्णय गरेको हो । कोरोनामुक्त जिल्ला भएकाले जहाजमार्फत हुम्ला आउने यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्