२३ असार २०८३, मंगलबार

एकता हुने बित्तिकै विवादको भूमरीमा फस्यो राजपा

कात्तिक २०, २०७४
एकता हुने बित्तिकै विवादको भूमरीमा फस्यो राजपा

काठमाडौँ, वैशाख ३० - मधेसवादी दलले हालै गठन गरेको राष्ट्रिय जनता पार्टी विवादै विवादको भूमरीमा परेपछि विगत हेर्न थालिएको छ, गोरखापत्रमा खबर छ  ।rajapa copy
पार्टी गठन हुनेबित्तिकै नाममा विवाद सुरु भएको थियो । पछि पार्टीको नाम नै परिवर्तन गर्नुप-यो । त्यस्तै चुनाव चिह्नमा पनि विवाद देखिएको छ । निर्वाचन आयोगमा पहिले नै कसैले छाता चिह्नका लागि दाबी गरिसकेको छ । त्यस्तै पार्टीको विधान कस्तो बनाउने भन्नेमा पनि विवाद देखिएको छ ।
मधेसका लागि योगदान दिनुभएका नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंह तथा बाबा रामजनम तिवारीको चर्चा विधानमै हुनुपर्ने अडान अनिल झाले लिएका छन् तर  अन्य नेताले त्यस्तो चाहेका छैनन् । गजेन्द्रनारायण सिंहको नाम राखियो भने मधेसका लागि सहादत दिएका तथा सङ्घर्ष गरेका अन्य नेताको नाम पनि राख्नुपर्ने दाबी अन्य नेताले गरेका छन् ।
विधानका लागि गठन गरिएको कार्यदल स्तरमा गजेन्द्रनारायणलगायत रघुनाथ राय, रघुनाथ ठाकुरको नाम राख्ने सहमति बने पनि अध्यक्ष मण्डलमा त्यसबारे सहमति जुटाउन बाँकी छ । अहिले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सङ्घीय गठबन्धनको संयोजकबाट हटाएको विषयलाई लिएर पनि विवाद उत्पन्न भएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको चुनावमा भाग लिएपछि राजपा नेताहरूले मधेसी मोर्चाको औचित्यमाथि मात्र प्रश्न उठाउँदै गठबन्धनका संयोजकबाट पनि अध्यक्ष यादवलाई हटाएका छन् ।
उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट हटाएर राजपाका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक बनाएपछि राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले त्यसमा आपत्ति जनाएका छन् । सो निर्णयप्रति उनी सन्तुष्ट छैनन् । गठबन्धनबाट उपेन्द्रलाई हटाउन वैशाख २३ गते बसेको बैठकमा अनुपस्थित रहेका महेन्द्रराय यादवले राजपा नेपालले गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई हटाएर गलत गरेको आरोप लगाएका छन् । उनले भने , ‘राजपा भर्खर गठन भएको छ, त्यसले आफ्नो सङ्गठन निर्माण र अन्य काममा ध्यान दिनुपर्ने हो तर कहिले मोर्चा विघटन गर्छन् भने कहिले गठबन्धनलाई चलाउँछन्, यो राम्रो काम होइन । ’
राजपाका अर्का नेता केशव झाले राजपाभित्र महेन्द्र राय यादवको कुनै असन्तुष्टि नरहेको दाबी गर्दै भने, ‘गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई राजपाले हटाएको होइन, गठबन्धनमा रहेका आदिवासी जनजातिका नेताले उपेन्द्र यादव संयोजकबाट हटाउनुपर्ने माग गर्नुभएको थियो । उपेन्द्र यादवलाई गठबन्धनबाट हटाउने कुनै योजना थिएन, गठबन्धनमा रहेका आदिवासी जनजातिको दबाबका कारण संयोजकबाट हटाएर महन्थ ठाकुरलाई राख्नुपरेको हो |

salt training

कमेन्ट गर्नुहोस्