२८ जेठ २०८३, बिहीबार

६२ दिनसम्म कोमामा थिए यी किशोर, दाइले मन पर्ने खाने कुराको नाम लिएपछि उठे

कात्तिक २५, २०७७
६२ दिनसम्म कोमामा थिए यी किशोर, दाइले मन पर्ने खाने कुराको नाम लिएपछि उठे

ताइवानमा कोमामा रहेका एक किशोर अनौठो तरिकाले होशमा आएको खबर सार्वजनिक भएको छ । 

कुल ६२ दिनसम्म कोमामा रहेका १८ वर्षीय चियू आफूलाई मन पर्ने खानाको नाम दाइबाट सुनेपछि होशमा आएका हुन् । 
 

उत्तरपश्चिमी ताइवानमा बस्ने चियू गत जुलाई महिनामा स्कूटर दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनका अनेकौं भित्री अंगमा चोट लागेको थियो । 

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका उनको शल्यक्रिया गरियो । स्वास्थ्यमा सुधार त आयो तर उनी कोमामा पुगे । दुई महिनाभन्दा बढी समय उनी कोमामा रहे । 

उनको दाहिने मिर्गौला, कलेजो र फियोमा चोट लागेको थियो । अस्पतालमा उनको ६ पटक शल्यक्रिया गरियो । 
 

चियूको बलियो इच्छाशक्तिका कारण जीवन त बच्यो तर उनी कोमामा पुगे । 

कुल ६२ दिन कोमामा पुगेपछि उनका दाइले मजाककै सुरमा ‘म तिमीलाई चिकेन फिलेट ल्याउँछु’ भने । कोमामै रहँदा पनि आफूले मन पराउने खानेकुराको नाम सुनेपछि उनको पल्स रेट बढ्यो । त्यसको केही समयपछि नै उनको होश खुल्यो ।

पछि उनी पूरै ठीक भए र उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । 

salt training

कमेन्ट गर्नुहोस्