३० जेठ २०८३, शनिबार

फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मन्त्री भट्टराई

कात्तिक २५, २०७७
फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् ।

फाल्गुनन्दको १३६ औं जन्मजयन्तीका अवसरमा मंगलवार शुभकामना सन्देश दिँदै उनले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुनसक्ने बताए ।

शुभकामना सन्देशमा समाज सुधारका लागि फाल्गुनन्दले पुर्‍याएको योगदानको चर्चा गर्दै सबैमा उनको मार्गदर्शनमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् । विक्रम संवत् १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले जीवनको सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको सुधारका लागि पुर्‍याएका योगदानको स्मरण गरेका छन् ।

जीवनको अन्तिम समयसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लागेका फाल्गुनन्दले विक्रम संवत् १९८८ सालमा स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’को नीति विश्व समुदायले अनुशरण गर्ने गरेको आफ्नो शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्